Logo

फ्रान्स र टर्कीको खेल बराबरीमा रोकियो



काठमाडौैं, २८ असोज । जारी युरोकप छनोटबाट सन् २०१८को विश्व च्याम्पियन फ्रान्स टर्कीसँग बराबरीमा रोकिएको छ । आइतबार राति सम्पन्न खेलमा सुरुवाती अग्रता लिएको फ्रान्सले १–१ गोलको बराबरीमा दास्रो हाप खेलेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकेपनि घरेलुटोली फ्रान्सले खेल अवधिभर टर्कीलाई आफ्नो दवावमा भने राख्न सफल भएको थियो ।

खेलको ७६औं मिनेटमो ओलिभर जिरुउडको गोलबाट फ्रान्सले खेलमा शुरुवाती अग्रता लिन सफल भएको थियो । उनले एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गरेका थिए ।

तर, फ्रान्सको त्यो अग्रता लामो समय टिकेन । ८२औं मिनेटमा कान एहानले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा खेल रोकिन पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्