Logo

रोनाल्डोले गरे सात सय गोल, अलि दाईको किर्तिमानी खतरामा



काठमाडौं, २८ असोज । विश्व चर्चित पोर्चुगली फुलबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको सात सयौं गोल पूरा गरेका छन् । सोमबार राती भएको युक्रेनसंगको खेलमा रोनाल्डोले उक्त सात सयौं गोल खेलको ७२ औं मिनेटमा गरेका थिए ।

रोनाल्डोले पोर्चुगलका लागि गरेको यो ९५ औं गोल रहेको पनि अन्तराष्ट्रिय सञ्चार माध्ययहरुले लेखेका छन् । इरानका अलि दाइको नाममा सर्वाधिक गोलको कीर्तिमान तोड्न नजिक रोनाल्डो आइपुगेका छन् ।

अलिदाईको १ सय ९ गोलको रेकर्ड रहेको छ । सोमबारको खेलमा उनको उक्त किर्तिमानीको यात्रा जारी रहेपनि उनको टिम युरो २०२० छनोटमा युक्रेनसंग २–१ ले पराजित बनेको छ।

 



प्रतिक्रिया दिनुहोस्