Logo

महरा माओवादी जनयुद्धकालमा प्रचण्ड र बाह्य जगतको मुख्य सम्पर्क माध्यम



काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा लामो समयसम्म प्रचण्डको सबैभन्दा विश्वासिलो नेताका रुपमा रहे । माओवादी जनयुद्धकालमा उनी प्रचण्डका सबैभन्दा विश्वासिला बने । बाह्य दुनियाँसम्म प्रचण्डको सन्देश पुर्याउने र बाहिरी दुनियाँको सन्देश प्रचण्डसँग पुर्याउने मुख्य व्यक्ति उनी नै थिए ।

अधिकारवादी डा. के वि रोकायाले महरा आफ्नो मुख्य सम्पर्क माध्यम रहेको खुलाएका छन् । एपी न्युज अनलाइन टेलिभिजनसँगको अन्तवार्तामा उनले भनेका छन्, ‘महराजीसँग मेरो भेटघाट हुन्थ्यो र उहाँमार्फत् माओवादीको खबर हामीसम्म आदानप्रदान हुन्थ्यो ।’
महरालाई धार्मिक कार्यक्रममा गोप्य रुपमा बोलाएको समेत खुलाए । भूमिगत अवस्थामा महरा ठमेलको एक होटलमा पुगेका र त्यहाँ धार्मिक संस्थाको धारणाबारे छलफल भएको बताए । उनले भने, ‘महराजी ठमेलमा आउनुभएको थियो र उहाँसँगको छलफलपछि माओवादी जनयुद्धप्रति धार्मिक संघसंस्थाको धारणा नरम बन्नगयो ।’

महरासँग भेटेरै आफूले विदेशमा पत्र समेत पठाएको खुलासा समेत गरे । माओवादीको लेटरप्याडमा महराले सचिवका रुपमा हस्ताक्षर गरी आफूसमक्ष ल्याएको र आफूले त्यसलाई विदेशमा पठाएको समेत बताए ।

यसैगरी नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले पनि माओवादी भूमिगत अवस्थामा हुँदा महरा नै सम्पर्क माध्यम हुनेगरेको बताए । भूमिगत अवस्थामा रहेका प्रचण्डको मुख्य सन्देश बाहिरसम्म ल्याउने देखि प्रचण्डलाई बलियो बनाउन महराले जोखिम मोलिरहे । सांसद भइसकेकाले उनको बाहिरी सम्पर्क बलियो हुनुले पनि प्रचण्डले विश्वासका साथ उनैलाई गहन जिम्मेवारी दिएका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्