Logo

एनआरएनको विश्व सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो अनुपस्थित



काठमाडौं, २८ असोज । गैर आवाशीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन आजबाट शुरु भएको अधिवेशनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो नै अनुपस्थित भए । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विहान उद्घाटन गरेको सम्मेलनमा उनी अनुपस्थित भएपछि धेरैले चासो व्यक्त गरेका छन् ।

महतो देशभित्र रहेपनि नआएको बुझिएको छ । उनले एनआरएनको भावना विपरितका गतिविधि हुनथालेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीको भातृ संस्थाको शैलीमा एनआरएनलाई चलाउन खोजेको विषय चर्चामा आएको छ ।

एनआरएनको चुनावमा दलीय भागवण्डा देखि राजनीतिक दल विशेष र तिनका नेताको प्रभाव बढेको छ । चुनावमा कसलाई जिताउने या हराउनेबारे नेताहरुको हातमा साँचो पुगेको विषय उठ्न थालेको छ । सहयोगका लागि भन्दै उम्मेदवारहरु नेताको दैलो चहार्न थालेका छन् ।
विकसित घटनाक्रमलाई बुझेर महतो निकै दुःखी र असन्तुष्ट रहेको निकट स्रोतले बताएको छ । विगतमा एनआरएनको अध्यक्ष बनेका अध्यक्षहरुले पछिल्लो समय दलीय राजनीति हावी भएकोमा चिन्ता व्यक्त गर्न थालेका छन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्