Logo

पारस खड्काले कप्तानबाट राजीनामा दिए



काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् ।

दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको भोलिपल्ट पारसले पद छाड्ने घोषणा गरेका हुन् ।

फेसबुटमा स्टाटस राख्दै खड्काले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी आजैबाट त्यागेको बताएका हुन् ।

’मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ पारसले लेखेको छन् । साथै नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने आफ्नो चाहना रहेको खड्काले उल्लेख गरेका छन् ।

उनी नेपालको टी–२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए । खड्का सफल कप्तानको रुपमा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्