Logo

महरालाई जिल्ला अदालत काठमाण्डौ लगियो, डीएनए परीक्षण पनि गरिने



काठमाण्डौ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौमा पेश गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि अदालत पेश गरिएको हो ।

संसद कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती अभियोगमा पक्राउ परेका महरामाथि घटनाको सेरोफेरोमा सरकारी वकिलहरुले बयान लिएका थिए । बयानका क्रममा उनले अभियोग अस्वीकार गरेको बुझिएको छ ।

बयानपछि महरालाई काठमाडौं जिल्ला अदालत लगिने भएको छ । उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ ।

दशैं बिदाका कारण म्याद थपका लागि अदालत नलगिएकोमा बिदा समाप्तीपछि अदालत लगिने लागिएको हो । महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

यसैबीच घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको छ । अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको हो होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्