Logo

अस्ट्रेलियाको गुलाबी ताल



अस्ट्रेलियामा गुलाबी रंगको ताल रहेको छ । यो ताल अस्ट्रेलियाको पश्चिमी तटमा अवस्थित छ । यो विश्वको लोभलाग्दो ताल मध्ये एक हो । यस तालको कारण पश्चिमी तट पर्यटकीय स्थल बनेको हो । यो ताल कपास क्यान्डी ड्रीमवर्ल्ड जस्तै देखिन्छ । यस तालको नाम हिलियर रहेको छ । तालको रंग किन गुलाबी भन्ने कुरा निकै रहस्यमय थियो तर वैज्ञानिकहरुले यसको रहस्यलाई पत्ता लगाउन सफल भएका छन् ।

यस तालमा पाईने हेलोब्याक्टेरिया र डुनालिल्ला सलिना भन्ने शैवाल रहेको कारण यसको रंग गुलाबी हुन पुगेको हो । यस तालको पानीमा नुनको मात्रा ब्याक्टेरियाको कारण अत्याधिक हुने गर्छ । उक्त तालको पानी पिउन नमिल्ने जनाएको छ । सुर्य अस्ताउने बेला यो तालको दृश्य हेर्न निकै राम्रो देखिन्छ । सुर्यास्तको किरण सँगै गाढा गुलाबी रंग देखि फिक्का साल्मन जस्तो रंगमा परिवर्तन समेत हुने गर्छ ।

यस तालको लोभलाग्दो दृश्य हवाई यात्रा अथवा ढुङ्गाको यात्रा बाट निकै राम्रो देखिन्छ भन्ने कुरा यात्रुहरुले जनाएका छन् । यस तालमा अत्याधिक मात्रामा नुन पाईने कारणले पौडी खेल्न मिल्दैन । धेरै ठाउँहरुमा गुलाबी ताल छ भनिन्छ तर अस्ट्रेलियाको पश्चिमी तटमा भएको सो तालको रंग जुलाबी नै हो भनेर पुष्टि समेत भएको छ । Photo Source: Punjabkesari



प्रतिक्रिया दिनुहोस्