Logo

म पाँच वर्षपछि अध्यक्ष बनेर आउँछु- भवन भट्ट, अध्यक्ष एनआरएन



गैर आवासीय नेपालीको नवौं विश्व सम्मेलन आजबाट शुरु भएको छ । यसै सेरोफेरोमा एनआरएन अध्यक्ष भवन भट्टसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग गरिएको विशेष कुराकानी:
तपाईं दिन कति घण्टा सुत्नुहुन्छ ?
म सालाखाला दिनमा तीनघण्टा सुत्छु ।
तपाईं अध्यक्ष भइसकेपछि के के काम गर्नुभयो ?
यसमा धेरै चरणहरु छन् । हामीले पुरानो टेनरको कामलाई ह्यानओभर गर्ने क्रममा हाम्रा तीनवटा मेगा प्रोजेक्टहरु थिए । जस्तो लाप्राक नमुनावस्ती, हाम्रो तर्पmबाट सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसकेका छौं । त्यसलाई हस्तान्तरण क्रममा यही १६ तारिखदेखि विस्तारै सुरु गर्ने छौं । लाप्राक ५७३ घरधुरी भएको एउटा नमुना वस्ती हो । लाप्राक एपिक सेन्टरको नजिक पर्छ । जुन ठाउँ २०७२ सालको भूकम्पले ध्वस्त भएको थियो । त्यो ठाउँको वस्ती पुनःनिर्माणलाई सम्पन्न गर्ने काम ग¥यौं । अर्को शंखमुल पार्क बनाएर नमुनाको रुपमा लिएका छौं । अन्य काम पनि गरिएको छ ।
तपाईंका कार्यकालमा सोचेको जस्तो काम भयो जस्तो लाग्छ ?
हामीले आगामी नेतृत्वमा पनि काम गर्न सजिलो होस् भनेर केही नयाँ योजनाको खाका पनि तयार गरेका छौं । अझ हाम्रो योजना त स्मार्ट एनआरएनए बनाउन चाहन्छौं । धेरै काममा सुधार ल्याएका छौं, अभैm सुधार अगाडि जाने योजना छ ।
तपाईंको कार्यकालमा धेरै काम हुन्छ भन्ने सोचेका थिए, त्यो अनुसार काम भएन भन्छन् नि सत्य हो ?
हामी सरकार होइनौं, सरकारलाई सहयोग गर्ने सहयोगी हात मात्र हौं । कुनै निश्चित बजेट पनि हुँदैन । हामीसँग कनेक्टिभिटीको एजेन्डा र नेटवर्क हुन्छ । त्यसलाई अगाडि बढाउनको लागि युज गर्ने प्लेटफर्मको रुपमा काम गर्नुपर्छ । त्यस क्रममा अत्यन्तै सवल रुपमा काम गर्न सफल भएको हामीले ठानेका छौं ।
विश्वमा बस्ने ७० लाख नेपालीहरुको साझा नेता के कारणले चुक्नुभयो ?
हाम्रो देशमा उत्पादित जनशक्तिलाई एकीकृत गर्न पहिलो विश्व सम्मेलन ग¥यौं । हामी लगानी मात्रै भन्छौं, त्यसलाई कसरी कुन क्षेत्रमा प्रयोग गर्ने भन्ने ठूलो कुरा हो । त्यसको लागि हामीले विश्व सम्मेलन गरेका हौं । त्यसमा एनआईं (नेपाल पोलिसी इन्स्टिच्युट) गठन ग¥यौं । जुन नेपाल सरकारको थिंकट्यांकको रुपमा रहेको नेसनल प्लानिङ कमिसन जस्तै गरी संसारभर छरिएर रहेका थिंकट्याकहरुलाई एकिकृत गरियो । नेपालमा भइरहेका लगानीसम्मलाई पनि त्यसबाट फिडब्याक दिएका छौं । १५ वर्षे योजनामा पनि हामीले सँगै बसेर काम गरेका छौं । त्यो हाम्रो कार्यकालमा गरेको नेपालको लागि ठूलो उपलब्धी हो ।
तपाईंको कार्यकालमा ठूला परियोजनामा लगानी आएन नि ?
तपाईंलाई गैरआवासीय नेपालीको दूर्दशा थाहै छैन । त्यहाँ गएर सस्टेन भएर केही कमाएका थोरै छन् । यहाँ हेर्दा गैरआवासीय नेपाली भनेपछि एकदमै कमाएका भन्ने छ । हुम्ला, जुम्मामा बसेका मान्छे काठमाडौंमा बसेका सबै मान्छे धनी देखेको हुन्छ । नेपालबाट विदेश गएपछि हामी त्यही सोचेका हुन्छौं । विदेश गएपछि ऊ पैसैपैसा छ भनेर सोचेका हुन्छन् मान्छेले । नेपालीसँग पैसा होइन, योजना बनाउने लगानीको माध्यम बन्ने हो । जस्तो जापानमा एउटा पेन्सन फन्ड बन्ने त्यसले संसारभरमा अर्र्बौं, खर्बौं लगानी गरिरहेको हुन्छ । त्यसैले यो त एउटा सुरुआव मात्र हो । यसलाई मेकानिजम बनाएर प्रोसेसमा लैजाने । मैले नै अहिले नेपालको लागि दुईवटा ठूलो प्रोजेक्ट लिएर बसेको छु । तामाकोसी थ्री, काठमाडौं–हेटौंडा सुरुङमार्ग यिनमा खर्बौं लगानी हुन्छ ।
त्यसमा त तपाईंहरुले लगानी गरिसक्नुभयो होइन ?
एकखर्बं रुपैयाँ कसैले एकैचोटी गरेको हुँदैन । त्यसको लागि (जेडीए) भनिन्छ, जेन्टल डेभपमेन्ट एग्रीमेन्ट सुरु गरिसकेका छौं ।
ती प्रोजेक्टहरु अगाडि बढाउन अभैm रकमको समस्या छ ?
त्यो त अवश्य नै हुन्छ ।
काठमाडौं–हेटौडा सुरुङमार्ग बनाउन गाह्रो छ ?
यो मुलुकमा विदेशबाट एक खर्ब रुपैयाँ ल्याउनको लागि विभिन्न प्रोसेसहरु हुन्छन् । जसले लगानी गर्दैछन्, उनीहरुले विभिन्न दृष्टिकोणले हेरेका हुन्छन् । हिजोका दिनमा हरेक वर्ष सरकार परिवर्तन हुने, त्यसले गर्दा स्थायित्व छैन भन्ने मानसिकताबाट मुक्त भएका छौं । अहिले देशमा राजनीतिक स्थायित्व कायम भएको छ । सरकारले पूर्ण कार्यकाल काम गर्न पाउने भएको छ । कुनै पनि क्षेत्रमा लगानी गर्नुपर्दा कम्तिमा दुईवर्ष अध्ययन गरेको हुन्छ । त्यसपछि परियोजना ल्याउने प्रोसेस चाल्न अभैm एकवर्ष लागेको हुन्छ । त्यसमा विभिन्न खाले स्वीकृतिहरु लिनुपर्ने हुन्छ । त्यो मेकानिजम बनाउन अर्को एक वर्ष लाग्छ । कोही नेपाल आयो उसलाई माया लाग्यो, म दिन्छु भन्यो भने पनि त्यो पैसा ल्याउन ठूलो प्रोसेस हुन्छ ।
यसमा तपार्इंहरुले सरकारलाई भन्नुपर्ने होइन ?
हामीले भनिरहेकार छौं । यसमा सरकार पनि प्रयासमै छ ।
अभैm पनि नेपालमा लगानी गर्नको लागि ऐनकानुनको समस्या छ ?
३३ मुलुकहरुमा हाम्रो राष्ट्रको निकायहरु छन् । ती राष्ट्रहरुसँग हाम्रो डीटीए छैन । बिप्पा, एपीए केही पनि भएको छैन । हाम्रो देशको सरकार जस्तो भएपनि थालिएका प्रोजेक्ट गर्नसकिने थियो । लगानीका पूर्वाधार भनेका ती हुन् । त्यसलाई लगानीका पिलर भनिन्छ । बैंकमा आफ्नै पैसा राख्न त बैंकको नियम पालना गर्नुपर्छ भने लगानी गर्न पनि नियमहरु त हुन्छन् । ती नियमहरुलाई सहज हुने गरी द्रुतगतिमा अगाडि बढाउनुपर्छ ।
त्यसो भए सिमिति पाराले लगानी नेपाल आउँदैन ?
तपाईंले अभैm बुझ्नुभएन । त्यसमा प्रक्रिया हुन्छन् । सरकार पनि प्रक्रियालाई सजिलो बनाउन लागिरहेको छ । लगानीकर्ता पनि त्यसमा लागिरहेका छन् । लगानी नेपाल आउन धेरै प्रक्रिया पार गर्नुपर्दछ । यसलाई अब चुस्त, दुरुस्त बनाउनुपर्छ । हाम्रो काम गर्ने पारा पनि अलि आलस्यपूर्ण छ । काम गर्नलाई यसले दिएन, उसले दिएन भनेर रोकिनुनपर्ने गरी कानुन बनाएर अगाडि बढ्नुपर्छ । चीनका राष्ट्रपति संसारकै शक्तिशाली हुनुहुन्छ । उहाँको लागि हाम्रो देश त एउटा प्रान्त मात्र हो । नेपालमा लगानीको सजिलो वातावरण भए उहाँले जति पनि लगानी गरिदिनुहुन्छ ।
तपाईं नेतृत्वमा भएको बेलामा विकसित मुलुकका नेतृत्व हाम्रो मुलुकमा आए, हाम्रो प्रधानमन्त्रीलाई भन्नुभएन लगानीको वातावरण सहज बनाउनुपर्छ भनेर ?
लगानीका प्रोसेसहरुलाई सहज बनाउनुपर्छ भनेर हामीले पनि भनिरहेका छौं । नेपाल सरकारले पनि लगानी सम्मेलनमा भाग लिएको थियो । त्यति हुँदाहुँदै पनि राम्रो ध्यान गएको छैन । हाम्रो देशमा जोडिएको कनेक्सन कस्तो छ भनेर नेपाल सरकारले बुझ्नुपर्छ । अब हामी स्मार्ट ढंगले अगाडि बढ्नुपर्छ । सधैं पहिलाको जस्तो एउटा लगानी ल्याउन पनि वर्षौैं कुर्नुपर्ने अवस्थाको होइन कसरी हुन्छ छिटो हुनेतिर लाग्नुपर्छ । सरकारले कुन ढोका खोलिदियो भने लगानी आउँछ, कुन खोल्दा लगानी गर्नेलाई सजिलो हुन्छ, त्यो स्पष्ट हुनुपर्छ । जस्तो भारतीय, चिनियाँहरु लगानी गर्न चाहन्छन् भने उहाँहरुलाई वान, टू, थ्री, कुन शर्तमा लगानी गर्नचाहनुहुन्छ ? भनेर सोध्नुपर्छ । ती लगानीकर्ता चाहेको शर्तलाई सरकारले कसरी स्वीकार गर्न सक्छ ? विदेशको कुरै छाडौं काठमाडौंबाट चितवन गएर लगानी गर्न पनि त्यहाँको स्थानीय निकायसँग अनुमति लिनुपर्छ भने अन्तर्राष्ट्रिय लगानी ल्याउनलाई समय छ लागि हाल्छ नि ।
तपाईंको कार्यकाल सबै विदेसिएका नेपालीहरु खुशी भए ?
मेरो कार्यकालमा धेरै साथीहरु खुशी हुनुभएको छ । धेरैले सहयोग गर्नुभएको थियो । मैले पनि सकेसम्म साथीहरुको हितमा काम गर्ने प्रयास गरेँ । सबैको चाहनाअनुसार काम गर्न सकिएन होला । तर सकेसम्म राम्रो गर्ने प्रयास गरेको हो ।
तपाईंले दोहो¥याउने कुरा थियो किन पछि हट्नुभयो ?
साथीहरुबाट पनि विचारहरु आएका थिए । मैले इच्छा गरेको थिएँ । तर, केही समय आराम गर्छु भनेर छोडेको हुँ । किन भने म अभैm योङ नै छु, अर्को पाँच वर्षपछि फेरि आउन पनि सक्छु । तपाईंहरुले मेरो घोषणापत्रमा पनि हेर्नुभएको होला, यो संस्थामा मेरो ‘बसको यात्रा हो, म अहिले ड्राइभिङ सिटबाट पछाडि सरेको मात्रै हो ।
उपेन्द्र महत्वदेखि भवन भट्टसम्मको पर्सनालिटीलाई नियाल्दा आगामी नेतृत्व त्यस्तो छ ?
साथीहरुले इच्छा राख्नुभएको छ । उहाँहरुलाई कन्फिडेन्ट छ जस्तो लाग्छ । बाहिर नेतृत्वबाट बाहिर बसे पनि बसमा सहयात्री नै हौं । हाम्रा संस्थापक अध्यक्ष उपेन्द्र महत्वदेखि शेष घलेसम्म अहिले पनि सहयात्री छौं । संस्था उहाँहरुले नै चलाउनुहुन्छ भनेर छोडेका पनि छैनौं । उहाँहरुलाई सफल बनाउन हामी सहयोग पनि गछौं । एजेन्डाहरुमा पनि हामी अगाडि बढ्छौं ।
तपाईंले दोहो¥याउने कुरा थियो, बीचमा आएर किन पछाडि हट्नुभयो ?
बाहिर जसरी साथीहरुको चाहना थियो । त्यसलाई बुझेर निर्णय लिने मैले हो । त्यसको पालना गरेको हुँ । कतिपय ठाउँमा मनगन्ते ढंगबाट पनि कुराहरु सिर्जना गरिन्छ । मैले कहिल्यै पनि औपचारिक रुपमा आपैंm दोहो¥याएर उठ्दैछु भनेकै छैन ।
तर, तपाई घुम्न गएको ठाउँमा त भनेका थिए नि तपाईंले नै दोहो¥याउनुपर्छ भनेर ?
उहाँहरुले भन्नुभयो होला । मैले त भनेको होइन । त्यसैले त्यो दुविधाहरुलाई चिर्नको लागि ‘म आगामी गैरआवासीय नेपाली संघको निर्वाचनमा उम्मेदवार होइन’ भनेर अभिव्यक्ति दिएको थिएँ । File Photo



प्रतिक्रिया दिनुहोस्