Logo

विश्वको सबै भन्दा लामो उडान



छोटो समयमा जहाँ पनि पुग्ने सक्ने हुँदा बिमानको अत्याधिक प्रयोग गरिन्छ । प्रायः मानिसहरु आफ्नो अमुल्य समय बचाउनको लागि बिमानबाट यात्रा गर्ने गर्छन् । धेरै किसिमको उडानहरु दैनिक रुपमा हुने गरेको छ ।

तत्काल विश्वको सबै भन्दा लामो अवधिको उडान नेवार्क देखि सिंगापुर सम्मलाई मानिन्छ । उक्त उडान सिंगापुर एयरलाइन्सले भर्ने गर्छ । यस बिमानको उडान अवधि करिब १८ घण्टा ४५ मिनेटको रहेको छ । यसले अमेरिका न्यू जर्सीको नेवार्क लिबर्टी अन्तरराष्ट्रिय एयरपोर्ट देखि सिंगापुरको चांगी एयरपोर्ट सम्मको यात्रा तय गर्ने गर्छ ।

सिंगापुर एयरलाइन्सले करिब ९,५३४ मिलको दुरी एकै पटकमा तय गर्छ । सिंगापुर एयरलाइन्सको एयरबस ए ३५०–९०० ले उडान भर्ने गरेको छ । यस बिमानको १६५ ,००० लिटरको ईन्धन क्षमता रहेको जनाएको छ । यस बिमानले आफ्नो पहिलो यात्रा अक्टुबर ११, २०१८ मा तय गरेको थियो । Photo Source: Australian Aviation



प्रतिक्रिया दिनुहोस्