Logo

विश्वकै महँगो कार



विश्वको सबै भन्दा महँगो कार बुगाटी भन्ने कार कम्पनिले निर्माण गरेको छ । यस बर्षको जेनेवा अटो शोमा यसलाई सबै भन्दा महँगो कार घोषणा गरिएको हो । बुगाटी कम्पनिले बनाएको नयाँ मोडलको गाडीको नाम बुगाटी ला वुएरेट नोयरू राखेका छन् । सो कारलाई बुगाटीले बनाएको पुरानो मोडल चिरोनको रुपान्तरित मोडल भनिएको छ ।

यो भन्दा पहिले रोल्स रोयसको स्वीप्टेल भन्ने कारलाई विश्वको सबै भन्दा महँगो कारको उपाधि दिएको थियो भने यो वर्ष बुगाटी कम्पनिले उक्त उपाधि हात पारेको छ । बुगाटी कम्पनिले आफ्नो ११० औँ वर्ष गाठको उपलक्ष्यमा सार्वजनिक गरेको हो ।

निकै राम्रो मोडलहरु बनाउने यो कम्पनीको मोडल भने फ्रान्समा निर्माण गरिन्छ । कम्पनिले कारको मूल्य १९ मिलियन डलर तोकेको छ । यो मुल्य विश्वकै सबै भन्दा महँगो मुल्य रहेको जनाइएको छ । यो कारलाई किन्ने व्यक्ति अझै सार्वजनिक भएका छैनन् ।

फोक्सवैगन समूहका मालिक फर्डिनान्ड पिच र क्रिस्टियानो रोनाल्डोले उक्त कार किनेको अनुमान गरिएको छ । तर पुष्टि भने भएको छैन ।

फ्रेन्च भाषामा ला वुएरेट नोयरू भनेको कालो रङ्गको कारलाई भनिन्छ । क्वाड–टर्बोचार्ज्ड ८.० लिटर सँगै १६ सिलिन्डर इञ्जिन रहेको यो कारमा १,५०० अश्वशक्ति रहेको छ । यसले ३ सेकेन्डमा ०–१०० किलोमिटरको यात्रा तय गर्छ ।



प्रतिक्रिया दिनुहोस्