Logo

महरालाई अदालत लगिँदाको माहोल (फोटोफिचर)



काठमाडौं, २८ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला अदालत लगिएको छ । अनुशन्धानको लागि म्याद थप गर्न महरालाई अदालत लगिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएअनुसार अदालत खुलेसँगै महरालाई जबरजस्ती करणी उद्योगको कसूरमा अनुसन्धानका लागि म्याद लिन अदालत लगिएको हो । महराको रक्तचापमा समस्या देखिएपनि उनलाई पक्राउ परेको चार दिनपछि काठमाडौंको थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा राखेर उपचार गराईँदै आएको छ । महरालाई अदालत पुर्याउँदा समाचार संकलनार्थ सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । तर, उनका शुभेच्छुक नेता तथा कार्यकर्ताहरु भने कोही पनि देखिएका थिएनन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्