Logo

दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन ‘२०७६’ सुरु (फोटोफिचर)



काठमाडौं, २८ असोज । आजदेखि काठमाडौंमा ६ दिने दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन-२०७६ सुरु भएकोृ छ । सम्मेलनमा चीनसहित दक्षिण एसियाका ७ देशको सहभागिता रहेको छ । ‘हिमालय वारपार साहित्य तथा सांस्कृतिक सञ्जाल’ विषय तीन दिने गोष्ठीमा नेपाल र चीनबाट चार–चार, भारत, पाकिस्तान र बंगलादेशबाट दुई/दुई, श्रीलंका र माल्दिभ्सबाट एक–एक गरी १६ जनाले कार्यपत्र प्रस्तुत गरेका छन् ।

 सन् २०१५ मा यी देशहरुका एकेडेमी सम्मेलित ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ नामक निकाय स्थापन भएको थियो। सभामा भुटान र अफगानिजस्तानलाई समेत सहभागी गराउने प्रयास भइरहेको छ। यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको छेन्दुमा भएको थियो।

हरेक दुई वर्षमा कुनै एक देशले सम्मेलन आयोजना गर्ने सभाको अवधारणा रहेको छ। सम्मेलनमा नेपालबाट अभि सुवेदी, अमनराज जोशी, गोविन्दराज भट्टराई र योगेन्द्रप्रसाद यादवको सहभागिता रहेको छ ।

चीनबाट लि कियाङ्गी, लि सीवङडोन, लु मिन र जाऊ सुन्पुको सहभागिता रहेको छ । त्यस्तै, भारतबाट श्रीराम परिहर, सेल्भ्यानस, पाकिस्तानबाट खलिद खान र मुहम्मद हसन, बंगलादेशबाट महबुबा रहमान र मोहम्मद अकबर, माल्दिभ्सबाट राफिया अब्दुल गादिर र श्रीलंकाबाट विमल उदयाको सहभागीता छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्