Logo

फरार प्रतिबादी पक्राउ



पर्सा,२८ असोज । प्रहरीले लागुऔष चरेश मुद्धामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने मदन प्रसाद चौहान र सोही गाउँपालिका ८ बस्ने मेघराज साह रहेका छन् । गत वर्ष वैशाख २४ गते जिल्ला अदालतले चौहानलाई ९ महिना २३ दिन कैद र ५ हजार जरिवाना साथै साहलाई २ बर्ष १९ दिन कैद र ७ हजार जरिवाना तोकेको थियो ।

सोही गाउँपालिका स्थित आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले २७ असोजमा उनीहरुलाई पक्राउ गरेको हो । पर्साबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्