Logo

कस्ले भन्यो मलाई काँग्रेस ? कुल आचार्य, एनआरएन अध्यक्षका प्रत्यासी



काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघका अध्यक्षका प्रत्याशी कुल आचार्य चुनाव जित्नेमा निश्चिन्त छन् । उनले एनआरएनको भावी योजनाबारे ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा गरेको कुराकानीः

गैरआवासीय नेपाली संघ एनआरएनमा के कारण अध्यक्षको उम्मेदवारी दिनुभएको ?
मैले यो संस्थाको कमिटीमै रहेर १२ वर्ष लामो अनुभव बटुलेको छु । अथवा विभिन्न पदमा रहेर निरन्तर योगदान गरेको हिसावले मैले यसबाट अहिलेसम्म बटुलेको अनुभव, ज्ञान, सीप र कार्यलाई मूल्यांकन गर्दै फेरि उपाध्यक्षको पालो अध्यक्षमा हुन्छ ।
उपाध्यक्षले त वरिष्ठ उपाध्यक्ष भएर पनि बस्न सक्छ नि ?
हाम्रो विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था छैन ।
किन राख्नुभएन, पहिला त थियो नि ?
गैरआवासीय नेपाली संघको विधानमा कहिल्यै पनि वरिष्ठ उपाध्यक्ष भन्ने पद छैन । यसलाई कन्फ्युज नगरिदिनुहोला ।
विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेर कुमार पन्त अध्यक्ष, तपाई वरिष्ठ उपाध्यक्ष हुने सहमति हुँदैन ?
यो घडीमा आएर त्यतातिर नजाँदा राम्रो हुन्छ । यो धेरै ढिला भइसकेको छ ।
त्यसो भए सहमति हुन सक्दैन ?
त्यो सम्भवै छैन । धेरै कार्यक्रमहरुमा भनेको छु । हाम्रो कुमारजी र कुलजीको सहमति भयो भने पछि धेरैले मिलेछन् पनि भनेका थिए । सहमति भएको छ, ‘केमा भन्दा, हाँसीहाँसी लोकतान्त्रिक प्रक्रियाबाट दुवैजनाबीच प्रतिस्पर्धी ढंगले चुनावमा जाने गरी’ यत्रो ठूलो सत्तामा राम्रो भएको छ ।
तपाईंले एक उपाध्यक्ष दोहो¥याउँदा हुँदैन ?
त्यो तपाईंले भन्नु स्वभाविक हो । मलाई फेरि उपाध्यक्ष दोहो¥याउनु छैन ।
कुमारजीले त दोहो¥याउनुभएको थियो नि ?
उहाँले दोहो¥याउनुभयो होला । म त्यसो गर्दिँन ।
तपाईंले पनि यो पटक दोहो¥याए हुँदैन ?
यो पटक म नदोहो¥याउने पक्षमा छु । यति धेरै अगाडि आइसकेपछि फेरि उपाध्यक्षमा दोहो¥याउने कुरै हुँदैन ।
त्यसो भए अध्यक्षको प्रतिस्पर्धीमा आइसक्नुभयो ?
म अध्यक्षको प्रतिस्पर्धीको लागि धेरै अगाडि बढिसकेको छु ।
तपाईंले कुमारजीलाई छोड्ने सम्भावना छैन ?
चुनाव लड्ने भनेर यति अगाडि बढेको मान्छे । कसरी ब्याक हुन्छ ?
ठ्याक्कै भनिदिनुस् न ?
म भनिरहेको छु त हामीलाई चुनावी माहोलमा गइसकेका छौं भनेर । हामी दुईबीचमा चुनावी प्रतिस्पर्धा हुन्छ । त्यसको सामना गर्न म तयार भइसकेको छु ।
कुलजी र कुमारजीको बीचमा सहमति हुने सम्भावना त छ नि होइन ?
म र कुमारजी अत्यन्तै मिल्ने साथी पनि हो, व्यवसायिक पार्टनर पनि हो । त्यसलाई आधारमा मान्ने हो भने सहमतिका विषय खुल्ला पनि छन्, पुरै बन्द भयो भन्दिँन तर असम्भव छ ।
तपाईहरु दुईमध्ये एकजना ब्याक हुने सम्भावना छ कि छैन ?
दुई प्रतिस्पर्धीमध्ये एक ब्याक हुने सम्भावना धेरै कम छ ।
कसरी कम छ ?
कसरी भन्नु यति धेरै समय खर्च गरेर यहाँसम्म आइपुगेको मान्छे चुनावको बेलामा कसरी ब्याक हुन्छ ?
संस्थाको कल्याणको लागि सहमति हुनु राम्रो हो भन्छन् नि ?
सहमति जस्तो यो पनि, त्यसमा हामी दुवैजना हाँसीहाँसी चुनाव लडौं, त्यसमा जसले अलिकति बढी भोट ल्याउँछ उसलाई सहयोग गरौं । जसको अलिकति कम आउँछ, उसलाई सम्मान गरौं । त्यसरी मिलेर काम गर्नुपर्छ भनेर हामीले सहमति गरिसकेका छौं त ।
चुनाव लड्नबाट तपाईं ब्याक हुनुहुन्न अब ?
त्यो त सम्भवै छैन । यति धेरै समय चुनावको लागि लागेर पछि हट्ने कुरै आउँदैन ।
सबैले तपाईं ब्याक भएर कुमारजीलाई छोडिदिनुस् भनेर दबाब आयो भने के गर्नुहुन्छ ?
दबाब त आइरहेको छ । तैपनि यो अलि असम्भव कुरा हो । यस्तो प्रयास गर्नुहुँदैन ।
त्यसो भए सहमतिको समय सकियो ?
यसमा म के भन्न चाहन्छु भने ममात्रै होइन, धेरै साथीहरुको चाहना कुल आचार्य अध्यक्ष होस्, भन्ने पनि हुन सक्छ । कसैलेको कुमारजी हुनुहोस् भन्ने पनि हुन सक्छ । ती साथीहरुका भावनालाई पनि सम्मान गर्नुपर्ने हुन सक्छ । त्यसकारण चुनावको मुखमा आएर उम्मेदवारले मात्रै डिसिजन गरेर हुँदैन । पहिलादेखि मलाई अध्यक्ष होस् भनेर लाग्ने साथीहरु छन्, उहाँहरुको पनि मैले सम्मान गर्नुपर्छ । त्यस कारण पनि म अध्यक्षको प्रत्यासी हुँ ।
भोटिङको दिन पनि सहमति हुन सक्छ नि ?
त्यस्ता त धेरै उदाहरणहरु छन् । तीन कार्यकाल भइसक्यो गैरआवासीय नेपाली संघको चुनाव भएको । त्यसबेला त यसमा अध्यक्षको पदमा चुनाव हुनुहुँदैन भनिएको छैन । अनि अहिले चुनाव गर्नुनहुने के कारण छ ? लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार चुनाव हुँदा के फरक पर्छ र ?
उपेन्द्र महतो त चुनाव लडेर अध्यक्ष हुनुभएको होइन ?
त्यो बेला यस्तै थियो । उपेन्द्र महतो त संस्थापक अध्यक्ष पनि हो ।
देवमान हिराचन पनि सर्वसम्मत भएर आउनुभएको हो तपाईहरुले चाहिं किन पहल नगर्ने ?
हामीले पनि पअल गरिरहेका छौं । तर, अहिलेको अवस्थामा असम्भव छ ।
तपाईलाई जीवा लामिछानेले त अगाडि बढाउनुभएको होइन ?
त्यो उहाँलाई नै सोध्दा उपयुक्त होला । म उम्मेदवार हुँ त्यसैले यसको जवाफ दिन चाहन्न ।
जीवा र तपाईंको राम्रो सम्बन्ध छ हो ?
हो, हाम्रो राम्रो सम्बन्ध छ ।
कुमार पन्त उहाँको उम्मेदवार भन्छन्, तपाईंलाई थाहा छैन ?
अब त्यो को कसको उम्मेदवार हो, मलाई थाहा भएन । तर, म गैरआवासीय नेपाली संघ (एनआरएनए) को उम्मेदवार हो । अब अरु को कसको उम्मेदवार हो, म कसरी भन्न सक्छु ?
तपाई शेष लघेको उम्मेदवार हो त ?
ए बाबा म अगाडिदेखि भनिरहेको छु । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उम्मेदवार हुँ म । यति धेरै साथीहरुको भावना बोकेर हिँडेको मान्छे व्यक्तिको उम्मेदवार हुन सक्छ ।
यति धेरै पूर्वअध्यक्ष हुनुहुन्छ उहाँहरु मध्ये कसको उम्मेदवार हो त तपाईं ?
म, टिपिकल (एनआरएनए) गैरआवासीय नेपाली समाजको उम्मेदवार हो । अर्को म संसारभरी विभिन्न पेशा, व्यवसाय गरेर बस्नुभएका गैरआवासीय नेपाली दाजुभाइ, दिदीबहिनीहरुको साझा उम्मेदवार हो । साथै नेपालमा भएका नेपालीहरुको पनि साझा उम्मेदवार हो । म व्यक्तिविशेषभन्दा पनि अग्रजहरुको सधैं सम्मान गर्छु ।
उपेन्द्र महतोको पनि तपाईं उम्मेदवार होइन हो ?
कसरी भनेको होइन भनेर, मैले भनेँ त ‘म अग्रजहरुको सहयोग र समर्थन छ, भनेर’ अनि कसरी समर्थन छैन भन्नुहुन्छ ? अग्रहरुको सहयोग र समर्थन त भइहाल्छ नि ।
उपेन्द्रजीसँग सहयोग मागिरहनुभएको छ ?
उपेन्द्र महतोजीकोमा त म सधैं जान्छु नि । चुनावको बेलामा मात्रै होइन । उहाँसँग सधैं सुझाव, सल्लाह लिने गर्दछु । भेट हुँदा चुनावको बेलामा मात्रै होइन, अघिपछि पनि छलफल गरिरहेका हुन्छौं । अहिलेको अवस्थामा पनि मैले उहाँ भनिरहेको छु म अध्यक्षको उम्मेदवार हुँ भनेर ।
त्यसो भए तपाईंले भनिसक्नुभयो म तपाईं उम्मेदवार हुँ भनेर ?
मेरो र तपाईंको होइन, म अध्यक्षको उम्मेदवार हुँ भनेको छु । उहाँसँग मैले मलाई अध्यक्षमा आउनको लागि सहयोग गरिदिनुस् भनेको छु । म तपाईं वा उहाँको उम्मेदवार भनेर किन छुट्ट्याउँछु ।
देवमान हिराचनकोमा पनि गइसक्नुभयो ?
देवमान हिराचन दाइकोमा गएको थिएँ, उहाँसँग भेट हुन सकेको छैन ।
जीवा लामिछानेले त करिवकरिव तपाईंलाई सहयोग नगर्ने जस्तै देखिन्छ हो ?
होइन, जीवाजीसँग पनि पटक–पटक भेट गरेको छु । अनि तपाईं कसरी भन्नुहुन्छ ? सहयोग गर्ने र नगर्ने विषयमा । मैले सबै पूर्व अध्यक्षज्यूहरुसँग बसेर कुरा गरेको छु । सबैको सहयोग, सहकार्य, समर्थनको अपेक्षा गरेको छु । सबैसँग म अब गैरआवासीय नेपाली संघमा अगाडि बढ्न लागेको छु । मलाई मपाईंहरुले सहयोग गर्नुपर्छ भनेर कुरा गरेको छु । र्
शेष घले, देवमा हिराचन र भवन भट्टको तपाईंलाई सहयोग हो ?
म कसरी भन्न सक्छु ।
त्यसो भए जीवा लामिछानेको हो त ?
मैले अघिदेखि भन्दै आएको छु । म गैरआवासीय नेपाली संघ (एनआरएनए) को उम्मेदवार हुँ भनेर ।
पहिला भवन भट्ट अध्यक्ष हुँदा सहमति भएको हो ?
त्यति बेला भेवनजी वा कुमारजी भनेर व्यक्तिगत रुपमा कुल आचार्यलाई मुछ्नु राम्रो होइन । कसैको पनि पक्षविपक्ष सम्झौता गरेको छैन । ं
त्यतिबेला सहमति भएको होइन ?
सहमति भएको होला । तर, यो, ऊ भनेर सम्झौता गरिएको होइन ।
कुमार पन्त र तपाईं एउटै प्यानलमा होइन त्यतिबेला ?
मलाई त थाहा छैन । गैरआवासीय नेपाली समाजमा प्यानल हुँदैन ।
त्यो बेलामा तपाईंहरुले प्यानल बनाउनुभएको थियो किन ढाट्नुहुन्छ ?
होइन, गैरआवासीय नेपाली समाजको विधानमा प्यानल बनाएर चुनाव लड्न पाइने व्यवस्था छैन । एउटा साथीले अर्को साथीलाई सहयोग गर्ने भन्ने भएको होला । तर प्यानल बनाएर राजनीतिक पार्टीले चुनाव लड्ने गरेको छैन ।
त्यसो भए अहिलेको अध्यक्ष समर्थन तपाईं छैन हो ?
मैले कसरी भन्न सक्छु त्यसरी । सबै हाम्रा अग्रजहरुको समर्थन मलाई छ । सबैको सहयोग, सद्भाव, समर्थन रहेको छ । तर, म यत्ति भन्न चाहन्छु, को कसको समर्थनमा, को कसको समर्थनमा भनेर उहाँ अग्रजहरुलाई विवादमा ल्याउने काम नगरिदिए राम्रो हुन्थ्यो भन्ने मेरो चाहना हो ।
तपाईं त्यसै भनेर भोट मागिरहनुभएको छ त मलाई मलानो अध्यक्षको समर्थन छ भनेर ?
यो कसले भनेको हो, उसैलाई साध्दा राम्रो हुन्छ । तर, हामी के भनिरहेका छौं, यो एउटा अभियान हो । त्यसमा योगदान गरेका साथीहरुले भाग लिन्छन् । त्यसमा कुनै व्यक्तिविशेष भन्दा पनि संस्थागत हितको कुरा हुन्छ । त्यसको सम्मान गर्न हाम्रा जति पनि पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँहरु हाम्रा सरक्षक र अभिभावकहरु हो । त्यसैले उहाँहरुलाई हामीले संरक्षककै रुपमा राख्नुपर्छ । व्यक्तिविशेषसँग जोडेर विवादित बनाउनुहुँदैन । उहाँले पनि यो ऊ भन्दा जो राम्रो छ, उसलाई आउनुपर्छ भन्दिनुपर्छ । यो संस्था बनाउन हाम्रा अग्रजहरुले धेरै योगदान गर्नुभएको छ । उहाँलाई सम्मानित नै राख्न चाहन्छु म । को कसको उम्मेदवार भन्ने पक्षमा उहाँहरु हुनुहुन्न होला पनि भए पनि नगरिदिनुहोला भन्ने अनुरोध गर्दछु ।
तपाईं नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार हो ?
कसरी भन्नुभयो ? कसले भनेको म नेपाली कांग्रेसको भनेर ।
सबैले त्यसै भनेका छन् ?
म आपैm भनिरहेको छु । मात्रै एनआरएनएको उम्मेदवार हुँ भनेर ।
कुमार पन्त कम्युनिस्टको तपाईं कांग्रेसको उम्मेदवार भनेका छन् हो ?
भन्नेले भनेका होलान्, सबैको मुख थुन्न सकिँदैन । म २००७ देखि लगातार पदमै बसेर काम गरिरहेको छु । न अहिलेसम्म मैले कुनै पार्टीको भएर काम गरेको छु, न गर्नेछु । खाली गैरआवासीय नेपाली दाजुभाइ, दिदीबहिनीको हितकै लागि काम गरिएको हो । आउँदा दिनमा पनि त्यहीं गर्ने छु ।
तपाईं नेपाली कांग्रेसलाई सहयोग गर्नुहुन्छ ?
मैले कहिले कांग्रेसलाई सहयोग गरेको छु ?
सधैं गरिरहनुभएको छ नि शेरबहादुर देउवा जाँदा तपाईंकैमा बस्ने होइन ?
मेरोमा नेपालबाट सबै पार्टीका नेताहरु जानुभएको छ । मैले एनआरएनएमा मैले १२ वर्षसम्म काम गरेको मूल्यांकन साथीहरुले गर्नुहुन्छ ।
तपाईं शेरबहादुर देउवाको उम्मेदवार हो ?
मलाई थाहाँ छैन । त्यो कसले बनाउन चाहेको छ ? त्यसो नगरिदिनुहोला ।
आइसक्यो त सरकार विरोधी र सरकार समर्थकबीचको प्रतिस्पर्धा भनेर ?
त्यस्तो भएको हो भने, नगरिदिनुहोला म अनुरोध गर्न चाहन्छु ।
कांग्रेस त तपाईंको चुनाव जिताउने सुत्रधार हो ?
चुनावमा कसैले सहयोग गर्छ, भने त्यसलाई स्वीकारन नसक्ने कुरा हुँदैन । कसैलाई सरकार पक्ष र कसैलाई विपक्ष भनेर कहाँ गरिएको छ ? भनेकै छैन ।
तपाईं नेताहरुको घर–घर धाइरहनुभएको छ नि ?
कोही कसैले नजिक हुँदैमा पार्टीको हुन सक्दैन । कतिपय व्यक्तिगत सम्बन्ध हुन सक्छ । कसैले भेट्दैमा त्यहीं पार्टीको हो भन्न मिल्दैन । अहिलेका प्रधानमन्त्री नेकपाको हुनुहुन्छ उहाँसँग सबैभन्दा नजिक भएर काम गरेँ मैले । प्रचण्डसँग पनि त्यस्तै छ । म सबै पार्टीका नेताहरु अब गैरआवासीय नेपाली संघ नेपाललाई केही गर्न सक्ने भइसकेको छ भन्न चाहन्छु । तपाईंले लेखेर राखे हुन्छ, हामी सम्पूर्ण गैरआवासीय साथीहरुको साझा उम्मेदवार हुन चाहन्छु म ।
गैरआवासीय नेपाली संघलाई कांग्रेस र कम्युनिस्टको अखडा भइसक्यो भन्छन् नि ?
त्यस्तो अहिले भएको पनि छैन । बनाउनु पनि हुँदैन ।
तपाईं नेपाली कांग्रेसको उम्मेदवार हो कि होइन ?
अहिलेसम्म म कुनै पार्टीको सदस्य भएको रेकर्ड देखाउँनुस् । मलाई कांग्रेस, कम्युनिस्ट सबैलो सहयोग गर्नुभएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्