Logo

फरार प्रतिवादी चार वर्षपछि पक्राउ



पर्सा,२८ असोज । प्रहरीले जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका २ छप्कैया बस्ने मक्सुद मिया तेली रहेका छन् । तेलीलाई २६ असोजमा पक्राउ गरेको हो । उनलाई २०७२ साल जेष्ठ ५ गते जिल्ला अदालतले १ हजार जरिवाना तोकेको थियो ।

सोही महानगरपालिका स्थित आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा पर्साबाट खटिएको प्रहरी टोलिले फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्