Logo

लामखुट्टे धपाउदा घरमा आगलागी



पर्सा,२८ असोज । लामखुट्टे धपाउन खोज्दा घरमा लागलागी भएको छ । पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ पोखरिया टोल बस्ने सुरेश ठाकुरको खरको घरमा आगलागी भएको छ । लामखुट्टेको टोकाइबाट बच्नको लागि बालेको आगो सल्की आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सबैठवाबाट तत्काल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको र आगलागीबाट १ लाख बराबरको क्षती भएको मानवीय तथा चौपाय क्षती नभएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्