Logo

डिनलाई कालोमोसो दल्ने विजय थापा आत्मसमर्पण गर्न महाराजगञ्ज प्रहरीमा (भिडियोसहित)



काठमाडौं, २८ असोज । आफूलाई शैक्षिक अभिन्यता बताउने विजय थापाले प्रहरीसामू आत्मसर्मण गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेका थापाले उक्त घट्नाको सम्पूर्ण जिम्मेवार आफूले लिने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफू आजै साँझ प्रहरीकहाँ पुगेर आत्समर्पण गर्ने जानकारी दिए । उनले भनेका छन्,‘भ्रष्ट डिन अग्रवालले अझैपनि राजीनामा दिँदैनन् र अग्रवालमाथि सरकारले छानबिन गर्दैन भने यी र यस्ता भ्रष्टविरुद्ध झनै कडाईका साथमा प्रस्तुत हुन बाध्य हुनेछौं ।’



प्रतिक्रिया दिनुहोस्