Logo

नौ जुवाडे पक्राउ



काठमाडौं, २८ असोज । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ६ कपन भृकुटी चोक डेरा गरी बस्ने सपना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा सपना राई समेत चार जनालाई नगद ७१ हजार ५ सय रुपैयाँ र एक बुक तास सहित २७ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका ६ वौद्धस्थित नागेश्रर गल्लीमा ओखर (जुवा) खेलिरहेको अवस्थामा काठमाडौं मुलपानी बस्ने डम्वर गुरुङ समेत पाँच जनालाई नगद १ लाख ८९ हजार ८ सय २० रुपैयाँ र १८ वटा ओखर सहित २७ असोजको राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्