Logo

“ब्याटम्यान” मा देखा पर्ने जो क्राविट्ज



हलिउड म्याट रीभ्सको डीसी सुपर हीरो परियोजना “द ब्याटमैनमा” रोबर्ट प्याटिनसनसँग अभिनेत्री जो क्राविट्ज क्याटवुम्यानको रुपमा देखा पर्ने छिन् । ३० वर्षीय अभिनेत्री जो क्राविट्जले बिग लिटल लाईजू र म्याड म्याक्सू जस्तो वेब सिरिजमा निकै राम्रो अभिनय गरेकी थिइन् । निकै राम्रो कलाकारहरुलाई उछिन्दै उनले उक्त क्याटवुम्यानको रोल पाएकी छिन् ।

रबर्ट प्याटिनसन लोकप्रिय डीसी कमिक्स सुपर हीरोको रूपमा प्रस्तुत हुनेछन् । क्राविट्ज भन्दा पहिले मिशेल फीफरले १९९२ मा ब्याटमैन रिटर्न्स , २००४ मा हेले बेरी क्याटवुमेन, र २०१२ मा एनी ह्याथवे, डार्क नाइट राइजमा अभिनय गरेकी थिइन् । अब पालो क्राविट्जको रहेको छ ।

यस चलचित्रमा ब्याटम्यानका धेरै जसो खलनायक प्रस्तुत हुनेछन् । रीभ्सले आफ्नो स्क्रिप्टबाट वार्नर ब्रोस र डीसी फिल्मसँग संयुक्त रुपमा काम गर्ने बताएका छन् । ब्याटम्यानले २५ जून, २०२१ मा थिएटरमा हिट गर्ने अनुमान गरिएको छ। Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्