Logo

जबरजस्ती करणी गर्ने युवक पक्राउ



ललितपुर, २८ असोज । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १७ मंगलबजार डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका ६ घर भएका २१ वर्षीय सुन्दर कार्की रहेका छन् । उनले सोही नगरपालिका डेरा गरी बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कार्कीलाई २७ असोजको राति प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले किशोरीलाई आफ्नो कोठामा बोलाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्