Logo

बिवाह प्रलोभनमा बलात्कार



उदयपुर, २८ असोज । बिवाहको लोभ देखाई जवरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ८ बस्ने २७ वर्षीय सत्य सदा रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

१५ वर्षीया किशोरीलाई बिवाह गर्छु भनी फकाई प्रलोभनमा पारी गत २५ गते जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा  प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्