Logo

अदालत बाहिर महराका ११ तस्विर (फोटोफिचर)



काठमाडौं, २८ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तीन दिन हिरासतमा राखेर अनुशन्धान गर्न अदालतबाट म्याद थप भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले महरालाई मंगलबार अपरान्ह म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित् गराएको थियो । अदालतले महरालाई तीन दिन थुनामै राखेर अनुशन्धान गर्न म्याद थप गरेको हो । अदालतमा उपस्थित् गराएर म्याद थप गराउनुअघि उनलाई सरकारी वकिलको कार्यालयमा बयान लिईएको थियो । अदालतबाट म्याद थप भएसँगै महरालाई अहिले काठमाडौंको थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमै लगिएको छ ।

हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस भएको थियो । महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । उता, सरकारी वकिल उमाकान्त पौडेलले बहस गरेका थिए । महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्