Logo

पारस खड्का : डिभिजन फाइभदेखि विश्वकप हुँदै ओडिआई मान्यतासम्म



काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै पारसले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका हुन् । लामो समयदेखि नेपाली राष्ट्रिय क्रिकेटको कप्तानी गरेका उनको आकस्मिक राजिनामा सर्वत्र चासोको विषय बनेको छ ।

केहीसमय अघि देखिनै आफु लामो समय टोलीको कप्तानमा रहन नसक्ने बताउँदै आएका खड्काले एकाएक राजिनामा दिएका हुन् । लामो समयदेखि नेपाली राष्ट्रिय क्रिकेटको कप्तान गरेका उनले कप्तानमा रहन नसक्ने बताउदै आएतापनि एकाएक राजिनामा दिँदा सर्वत्र चासोको विषय बनेको छ ।

१० बर्ष नेपाली टोलीको कप्तानी गरेका पारसले डिभिजन पाँचमा रहेको नेपाली क्रिकेट लाई अस्थायी ४ बर्षे एकदिवसिय मान्यता सम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका हुन् । २००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए ।

उनको कप्तानीमा नेपालले २०१३ मा टी ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । यतिबेला नेपाली क्रिकेटले ४ वर्षका लागि अस्थायी अन्तराष्ट्रि एकदिवसीय (ओडिआई) मान्यता पाएको छ ।

ओडिआई मान्यता पाएको १ वर्ष सकिँदा नेपाली टोलीले २ देशसँग एकदिवसीय शृङ्खला खेलिसकेको छ । केही दिन अघिमात्र नेपालले सिंगापुर र ओमानमा भएको टि–२० शृङ्खला खेलेको थियो ।

यही भ्रमणबाट दीपेन्द्र सिंह ऐरी नेपाली राष्ट्रि क्रिकेट टोलीमा नयाँ उपकप्तानको रुपमा चयन भएका थिए । एकदिवसीय मान्यता पाएपछि पहिलो ओडिआई शृङ्खला नेपालले नेदरल्यान्डसँग खेलेको थियो भने दोस्रो युनाइटेड अरब इमिरेट्स (युएई) सँग २ शृङ्खला मध्ये नेदरल्यान्डसँग १–१ को बराबरी खेलेको नेपाली टोलीले युएईविरुद्ध २–१ जीत हात पारेको थियो ।

आफू लामो समय टोलीको नेतृत्वमा रहेको र अव रहन उपयुक्त नहुने भन्दै पारस खड्काले राजिनामा दिएका हुन् । पारस खड्काले कप्तानीबाट दिएको राजिनामालाई सकारात्मक लिने हो भने अर्काे सक्षम खेलाडीले अवसर पाउनेछन् ।

तर पारस खड्का कप्तान नहुँदा अरुले कप्तानी सम्हाल्न सक्छ कि सक्दैन ? अरुको भुमीका कस्तो होला ? त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्