Logo

विश्वकप छनोटमा जोर्डनविरुद्ध नेपाली टोलीबाट को को खेल्दै (सूचीसहित)



काठमाडौं, २८ असोज । नेपालले विश्वकप फुटबल छनोटमा अबको केही समयपछि जोर्डनविरुद्ध खेल्दैछ । जोर्डनमा अवे गेम खेल्ने नेपाली टोली तयार भइसकेको छ । दुई खेल हार र एक खेल जित निकालेको नेपालले जोर्डनविरुद्ध रक्षात्मक र आक्रामक दुवै रणनीति अपनाउने भएको छ ।

नेपालले ४-५-१ को रणनीति अपनाउने भएको छ । नेपालका अधिकांश खेलाडी मध्यपंक्तिमा रहनेछन् । विमल घर्तीमगर मात्र स्ट्राइकरका रुपमा रहनेछन् ।

स्ट्राइकर विमल घर्तीमगर आज शुरुमै मैदानमा उत्रनेछन् । अष्ट्रेलियाविरुद्ध खेल्दा उनी दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए ।
नेपाली टोलीका प्रशिक्षक जोहान कालिनले खेलाडी चयन गरिसकेको छ ।

पहिलो रोजाईमा विमल घर्तीमगर, सुमन अर्याल र सन्तोष तामाङ परेका छन् ।

गोलकिपरः किरण चेम्जोङ

रक्षापंक्तिः अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र दिनेश राजवंशी

मध्यपंक्तिः अञ्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रवि पासवान र रोहित चन्द

स्ट्राइकरः विमल घर्तीमगर

File Photo



प्रतिक्रिया दिनुहोस्