Logo

सांसद प्रमोद शाह पक्राउपछि बुद्ध एयर राजपाको तारोमा (आन्दोलनका कार्यक्रमसहित)



काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहको अबिलम्ब रिहाईको माग गर्दै उक्त दल आन्दोलनमा उत्रिएको छ । राजपाको धनुषा जिल्लाले आज आकस्मिक बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । उसले बुद्ध एयरलाई लक्षित गरी कडा कदम समेत चाल्ने निर्णय गरेको छ ।

राजपा धनुषा जिल्ला कार्यसमितिका अनुसार २९ असोजमा जनकपुरधामको रमानन्द चोकमा एक घन्टा चक्का जाम गर्ने, जनकपुरधामस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने, बुद्ध एयर बहिष्कार गर्ने गराउने, यसबारे अन्र्तक्रिया गर्ने पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।

यसपछि पनि रिहाई नगरिए कडा कदम चाल्ने जनाइएको छ । यसअघि रिपोर्टर्स नेपालसँग कुरा गर्दै राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले शाहको पक्राउलाई सरकारको निरंकुश शैली भनी आरोप लगाए । उनले कडा कदम चाल्ने चेतावनी समेत दिए । उनले भने, ‘सांसद प्रमोद शाहजीको पक्राउको सरकारलाई उचित जवाफ दिन्छौं ।’



प्रतिक्रिया दिनुहोस्