Logo

दोस्रो हाफमा गोल खाँदा नेपाल जोर्डनसँग पराजित



रिपोर्टर्स नेपाल, २८ असोज । नेपालले जोर्डनलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रक्षापंक्तिको कमजोरीले तीन गोल खान पुग्यो । जोर्डनको राजधानी अम्मानमा मंगलबार राति भएको खेलमा जोर्डनले पेनाल्टी पाएपछि खेलको स्थिति बदलियो ।

नेपाली खेलाडीले सानदार प्रदर्शन गरिरहेको अवस्थामा जोर्डनका लागि पेनाल्टी लाभदायक बन्यो । सलबायाले ५६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

खेलको ७७ औं मिनेटमा जोर्डनले अर्को गोल थप्यो । बायाँ कुनाबाट जोर्डनका खेलाडी इरसानले बल फ्लिक गर्दा नेपाली गोलकिपर किरण चेम्जोङले कुनै मौका पाएनन् । ८८ औं मिनेटमा फैसलले गोल गरी जोर्डनको जीत सुनिश्चित पारे ।

खेलमा नेपालले कडा चुनौती दिएपनि अग्रपंक्ति जम्न सकेन । मध्यपंक्तिका खेलाडीको प्रदर्शन राम्रो रह्यो ।

विश्वकप फुटबलको एशिया प्यासिफिकको छनोटमा नेपालले चार खेल खेल्दा तीनमा हार र एकमा जीत हासिल गरेको छ । आजको हारसँगै नेपालको अर्को चरणमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

विश्वकपको एशिया प्यासिफिकको छनोटमा नेपालले चार खेल खेल्दा तीनमा हार र एकमा जीत हासिल गरेको छ । आजको हारसँगै नेपालको अर्को चरणमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

यसअघि खलेकामध्ये नेपाल कुवेतसँग ७-० ले पराजित भएको थियो । चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको टोलीले अष्ट्रेलियासँग ५-० को हार व्यहोर्यो । चार खेल खेल्दा नेपालले दुई गोल गरेको छ भने १६ गोल खाइसकेको छ ।

यसपटकको विश्वकप छनोटमा नेपाली खेलाडीले करिश्मा भने देखाउन सकेनन् । बलिया टोलीसँग नेपालको प्रदर्शनमा सुधार देखियो । घरेलु लिग कमजोर हुनु र अन्तर्राष्ट्रिय अनुभव कम हुनुले खेलाडीमा अझ निखार देखिएन ।

नेपालले जोर्डनविरुद्ध रक्षात्मक र आक्रामक दुवै रणनीति अपनाएको थियो । नेपालले ४-५-१ को रणनीति अपनायो । नेपालका अधिकांश खेलाडी मध्यपंक्तिमा रहे ।

पहिलो एघारमा विमल घर्तीमगर, सुमन अर्याल र सन्तोष तामाङ परेका थिए ।

गोलकिपरः किरण चेम्जोङ
रक्षापंक्तिः अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र दिनेश राजवंशी
मध्यपंक्तिः अञ्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रवि पासवान र रोहित चन्द
स्ट्राइकरः विमल घर्तीमगर



प्रतिक्रिया दिनुहोस्