Logo

३० वर्षपछि फुटबलमा भिडेका दुई कोरियाबीच गोलरहित बराबरी



विश्वकप फुटबलको छनोट खेलमा दुई कोरियाले गोलरहित बराबरी खेलेका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको एशिया प्यासिफिक छनोट खेलमा दुवै टोलीले अंक बाँडेका हुन् ।

झण्डै ३० वर्षपछि दुई कोरियाको राष्ट्रिय टिम आमनेसामने भएका थिए । निकै चासोका साथ हेरिएको खेल हेर्न चाहनेहरु धेरै भएपनि कसैलाई पनि स्टेडियममा छिर्न दिइएन ।  प्योङयाङस्थित फुटबल स्टेडियम खाली थियो ।

ऐतिहासिक खेलमा कुनै टोलीले गोल गर्न सकेनन् । पछिल्लो समय दुवै कोरियाबीच सम्बन्ध सुधारिदै जाँदा दक्षिण कोरियाली टोली उत्तर कोरिया पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्