Logo

दुई कोरियाबीच दुनियाँमै नभएको फुटबल: रित्तो स्टेडियम देखि मिडिया निषेध



यस्तो फुटबल न विगतमा भएको थियो न भविष्यमा नै होला । न भूतो न भविष्यको फुटबल भएको थियो उत्तर कोरिया र दक्षिण कोरियाबीच । विश्वकपको एशिया प्यासिफिकको दोस्रो संस्करणका लागि छनोट खेलमा स्टेडियम रित्तै थियो ।

खेलाडीबाहेक रेफ्री र खेल पदाधिकारका अलावा उत्तर कोरियाको सरकारी मिडिया मात्र थिए । दर्शकदीर्घामा कोही थिएनन् । मैदानमा युरोपको लिग खेल्ने स्टार खेलाडीहरु थिए ।

दक्षिण कोरियाको मिडियालाई प्रवेश रोकिएको थियो । यतिसम्मकी इन्टरनेट सेवाबाट अक्षर लेखेर प्रत्यक्ष जानकारी दिन पनि रोक लगाइएको थियो ।

३९ वर्षपछि उत्तर र दक्षिण कोरियाको राष्ट्रिय टोलीबीच भएको फुटबल भिडन्त थियो त्यो । १५ अक्टोबरमा किम इल सुङ स्टेडियममा खाली अवस्थामा दुवै कोरियाली खेलाडीहरुले खेले । फिफा अध्यक्ष गियानी इफानटिनो पनि ऐतिहासिक खेल हेर्न प्योङयाङ पुगेका थिए । तर, खाली स्टेडियम देखेर तीतो अनुभव सुनाए ।

दक्षिण कोरियाली फुटबल संघले ५० हजारभन्दा बढी घरेलु दर्शक हुने ठानेको थियो । तर, त्यहाँ रित्तो स्टेडियम मात्र थियो । खेल प्रत्यक्ष प्रसारण गर्न नपाएपछि वाक्य लेखेर प्रत्यक्ष जानकारी गराउन खोज्दा पनि इन्टरनेट अवरुद्ध पारिएको थियो ।

यस्तो विश्वकप फुटबलको छनोट खेलमा दुई कोरियाले गोलरहित बराबरी खेले । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको एशिया प्यासिफिक छनोट खेलमा दुवै टोलीले अंक बाँडेका हुन् ।

झण्डै ३० वर्षपछि दुई कोरियाको राष्ट्रिय टिम आमनेसामने भएका थिए । निकै चासोका साथ हेरिएको खेल हेर्न प्योङयाङस्थित फुटबल स्टेडियम खचाखच थियो ।

ऐतिहासिक खेलमा कुनै टोलीले गोल गर्न सकेनन् । पछिल्लो समय दुवै कोरियाबीच सम्बन्ध सुधारिदै जाँदा दक्षिण कोरियाली टोली उत्तर कोरिया पुगेको हो ।

दुई कोरियाबीचको सम्बन्ध लामो समय देखि सहज छैन । युद्धको चेतावनी आइरहन्छ । त्यसैले पनि सुरक्षालाई दृष्टिगत गरी यसो गरिएको बुझिएको छ । Photo Source: AP



प्रतिक्रिया दिनुहोस्