आफ्नै बाउलाई पनि तपाई भन्दैनन् पत्रकारः प्रधानमन्त्री ओली (भिडियोसहित)


काठमाडौं,२९ असोज ।पत्रकारहरूमा शिष्टता नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा उनले पत्रकारहरूप्रति सो असन्तुष्टि पोखेका हुन्। उनले आफ्नो भाषा र संस्कृतिलाई जोगाउन अरूको नक्कल नगर्न पनि आग्रह गरेका छन् ।

उनले अङ्ग्रेजी भाषाको ‘यु’ले तँ, तिमी, तपाईं सबै अर्थ लगाउने भएकाले अन्य भाषाको अनुकरण गरी पत्रकारहरूले ‘तिमी’ भनेको बताए। अङ्ग्रेजीको ‘यु’ लोभ लागेर बालाई तपाईं भन्ने हराउँदै गएको उनको तर्क थियो।

‘अरूको नक्कल गर्ने बानीकै कारण पत्रकारले बाउलाई पनि तिमी भन्न थाले’, केही सञ्चारमाध्यमप्रति संकेत गर्दै प्रमले भन्नुभयो– ‘बाउलाई तपाईं भन्न पनि हिचकिचाउँछन्।’

‘सानालाई ‘तिमी’ र ठूलालाई ‘तपाईं’ भन्ने हाम्रो संस्कार हो। तर यहाँत पत्रकारले सबैलाई तिमी भन्न थाले।’ उनले भने । आजको नेपाल समाचार पत्रमा यदुप्रसाद भट्टले खवर लेखेका छन् ।