Logo

हिरासतमा रहेका सांसद शाहको रिहाईको माग गर्दै राजपा आन्दोलनमा



जनकपुर, २९ असोज । जनकपुर विमानस्थलमा सांसद प्रमोद शाहलाई ल्याइपुर्याउनु अघि नै कडा सुरक्षा दिइएको थियो । राष्ट्रिय जनता पार्टीका सांसद शाह त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाट पक्राउ गरिएर जनकपुर ल्याइएका हुन् ।

महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठायो । जनकपुर विमानस्थलको बुद्ध एयरको कार्यालयमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो । पक्राउ पूर्जी बनेकाले उनलाई घटना घटेको जिल्लामा सांसद प्रमोद शाहलाई विमानस्थलबाट पक्राउ गरी जनकपुर लगिएको थियो ।

शाहले सोमबार साँढे ११ बजे उड्नुपर्ने विमान दुई घन्टा ढिलो हुँदा भीआइपी कक्षमा सुविधा नदिएको भन्दै बुद्ध एयरको विमानस्थलस्थित कार्यालयमा तोडफोड गरेका थिए । उनले कम्युटर समेत फुटाएका थिए ।

यसगरी, जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहको अबिलम्ब रिहाईको माग गर्दै उक्त दल आन्दोलनमा उत्रिएको छ । राजपाको धनुषा जिल्लाले आज आकस्मिक बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । उसले बुद्ध एयरलाई लक्षित गरी कडा कदम समेत चाल्ने निर्णय गरेको छ ।

राजपा धनुषा जिल्ला कार्यसमितिका अनुसार २९ असोजमा जनकपुरधामको रमानन्द चोकमा एक घन्टा चक्का जाम गर्ने, जनकपुरधामस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने, बुद्ध एयर बहिष्कार गर्ने गराउने, यसबारे अन्र्तक्रिया गर्ने पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।

यसपछि पनि रिहाई नगरिए कडा कदम चाल्ने जनाइएको छ । यसअघि रिपोर्टर्स नेपालसँग कुरा गर्दै राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले शाहको पक्राउलाई सरकारको निरंकुश शैली भनी आरोप लगाए । उनले कडा कदम चाल्ने चेतावनी समेत दिए । उनले भने, ‘सांसद प्रमोद शाहजीको पक्राउको सरकारलाई उचित जवाफ दिन्छौं । File Photo



प्रतिक्रिया दिनुहोस्