Logo

नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप



काठमाडौं, २९ असोज। नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालयलाई जनपद र प्राविधिकतर्फ गरी रिक्त दरबन्दीका लागि भर्ना प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

नेपाल प्रहरीमा हाल जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ ।

जुन संख्या पुरानो स्वीकृत दरबन्दीभन्दा ११ हजार ६०४ कम हो । नयाँ दरबन्दी थप भएसँगै प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सय २३ पुगेको छ ।

पुरानो दरबन्दीबाट समेत गरी अब नेपाल प्रहरीमा कुल १५ हजार २ सय दरबन्दी रिक्त हुन आउँछ । थप गरिएको जनशक्ति पदपूर्ति गर्दा समेत प्रहरीमा पुरानो रिक्त दरबन्दीको व्यवस्थापन गर्न प्रहरीलाई साटफेरमै चल्नुपर्ने बाध्यता छ ।

प्रहरी नेतृत्वले सरकारलाई अपुग दरबन्दी थप गरेर प्रहरीको काम कारबाही सहज र चुस्त–दुरुस्त हुने गरी निर्णय गर्न आग्रह गरेको थियो ।

सरकारबाट थप दरबन्दी स्वीकृत भएसँगै कार्यान्वयनका लागि गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आजको राजधानी दैनिकमा महेश्वर गौतमले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्