Logo

नेकपा सचिवालय बैठकमा मन्त्रीमण्डल फेरबदलको एजेन्डा



काठमाडौं, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समिक्षा देखि मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल हुने बुझिएको छ ।

नेकपाले गर्ने चीयापान अगावै बस्ने बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सरकारको कामकारबाहीबारे समेत छलफल गर्ने तय भएको बुझिएको छ । सरकारमा सुधारका लागि मन्त्रीहरुको फेरबदलको तयारीबारे जानकारी गराउने प्रधानमन्त्री निकट स्रोतले बतायो ।

अर्को हप्ताभित्र मन्त्रिमण्डलमा .फेरबदलका साथ प्रधानमन्त्रीले गृहकार्य गरिसकेको बुझिएको छ । यसका लागि पार्टीभित्र छलफल अगाडि बढाउने भएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्