Logo

केरुङ–काठमाण्डौं रेलमार्गको सम्भाव्यता अध्ययनको खर्च चीनले बेहोर्ने



काठमाण्डौं, २९ असोज । केरुङ–काठमाण्डौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि लाग्ने १ अर्ब ७० करोड खर्च चीनले नै बेहोर्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको क्रममा भएको सहमति अनुसार नै केरुङ काठमाण्डौं रेलमार्ग निर्माणका लागि केही समयभित्रै सम्भाव्यता अध्ययन शुरु गरिने तयारी समेत भएको रेल विभागले जनाएको छ ।

पूर्व सम्भाव्यता अध्ययन गरेको कम्पनीले नै सम्भाव्यता अध्ययनको काम शुरु गर्ने तयारी छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाण्डौं रेलमार्गंको पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । चिनियाँ कम्पनीले नै सम्भाव्यता अध्ययन गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्