Logo

नेकपाको चियापान कार्यक्रममा एक लाखलाई निम्ता



काठमाडौं,२९ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एक लाख नेता तथा कार्यकर्तालाई आमन्त्रण गरेको छ ।

आज मध्याह्न भृकुटीमण्डपमा हुने उक्त चियापान कार्यक्रममा १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई निम्तो गरिएको छ ।

यस्तै ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलगायतलाई निम्तो गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्