Logo

नेकपाका दर्जन नेताको चीनतिर लर्काे



काठमाडौं, २९ असोज । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका दर्जन नेता चीनतिर लागेका छन्।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच कार्यकर्ता तहमा अध्ययन भ्रमण वृद्धि गर्ने समझदारी भएलगत्तै नेताहरु चीन गएका हुन्।

नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसाल, देवेन्द्र पौडेल र कार्यालय सचिव ईश्वरी रिजाल सोमबार चीनको गोन्जाओ पुगेका छन्।

चीनको परराष्ट्र मन्त्रालयको आयोजनामा सात देशका नेताहरु सम्मिलित बैठकमा भाग लिन उनीहरु गोन्जाओ पुगेका हुन्।

त्यसैगरी सुरेश आलेमगरको नेतृत्वमा अर्को टोली चीनको स्वशासित क्षेत्र तिब्बत गएको छ। सो टोली पनि सोमबार नै त्यसतर्फ लागेको हो।

यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उनकी पत्नी सुजिता शाक्य पनि चीनको छेन्दुतर्फ गएका छन्। पोखरेल बिआरआईसम्बन्धी कार्यक्रममा भाग लिन गएका हुन्।

उनीसँग स्वकीय सचिव, प्रदेश योजना आयोगका सदस्य र अर्का एकजना पनि गएका छन्।उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि कात्तिक १ गतेदेखि आयोजना हुने एक कार्यक्रममा भाग लिन चीन जाँदैछन्।

उनीसँग खेलाडी र सेनाका अधिकारीसहित ६० जनाको टोली सहभागी हुने बताइएको छ। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्