Logo

नेकपा सचिवालय बैठक सम्पन्न, संगठन विभागमा शाक्य, ढकाल र अधिकारी थपिए



काठमाडौं, २९ असोज । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीको नाम चयन गरेको छ ।

यसअघि उक्त विभागमा सचिवालय सदस्य बामदेव गौतम र जनार्दन शर्मालाई चयन गरिएको थियो । गौतमकै चाहनाअनुसार यी तीन जनाको नाम चयन गरिएको नेकपानिकट स्रोतको दाबी छ । विभागमा तीन जना थपिएपनि विभाग अझै पूर्ण भएको छैन् ।

त्यस्तै, आजको बैठकले आगामी मंसिर १४ गते उपनिर्वाचानमा नेकपाको उम्मेदवार सिफारिस तथा टुंगो लगाउन प्रदेश तथा तल्लो तहका कमिटीहरुलाई निर्देशन समेत दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । file photo/Mukunda Kalikote-RCN



प्रतिक्रिया दिनुहोस्