Logo

विश्वका प्रेरणादायी सय महिलाको सूचिमा बोनिता शर्मा



काठमाडौं, २९ असोज ।विश्वका प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पनि समेटिएकी छन् ।

संसारभरीका सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचि हरेक वर्ष सार्वजनिक गर्दे आएको बीबीसीले यस पटक बोनिता शर्मालाई पनि समेटेको छ ।

बोनिता द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक हुन् । उनले नेपालका महिला तथा बालिकालाई शिक्षा तथा सशक्तिकरणका लागि सहयोग गर्दै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्