Logo

स्पेनद्धारा युरोकप फुटबल प्रतियोगिताको यात्रा तय



काठमाडौं, २९ असोज । स्पेन युरोकप फुटबल प्रतियोगिताको लागि छनौट भएको छ । हिजो राति स्वीडेनसँग बराबरी खेल्दै स्पेनले आगामी वर्ष हुने युरोकपको यात्रा तय गरेको हो । गएराति विडेनमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

गएरातिका खेलहरुपछि समूह ‘एफ’ मा ८ खेलबाट २० अंक जोड्दै स्पेनले युरोकपमा ठाउँ पक्का गरेको हो । दोस्रो स्थानको स्विडेनको १५ अंक छ भने १४ अंकसहित रोमानिया तेस्रो स्थानमा छ ।

युरोकप फुटबल छनौटकै अन्य खेलहरुमा स्विट्जरल्याण्डले आयरल्याण्डलाई २–० ले हराउँदा इटालीले लिचेस्टाइनलाई ५–० ले, ग्रिसले बोस्नियालाई २–१ ले तथा फिनल्याण्डले अर्मे्नियालाई ३–० ले हराएका छन् । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्