Logo

ब्राउनसुगर सहित पक्राउ युवक पक्राउ



बाँके, २८ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका ६ मा बस्न गजेन्द्र शर्मा रहेका छन् । उनलाई सोही उपमहानगरपालिका १५ जमुनाहबाट २९ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट लुकाई ल्याउँदै गरेको लागूऔषध ब्राउनसुगर १ सय ६० मिलिग्राम सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्