Logo

डेढ अर्बको हेलिकप्टर चढेर विमानस्थल पुगिन राष्ट्रपति



काठमाडौं, २९ असोज । म्यानमार भ्रमणमा जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकप्टरबाट एयरपोर्ट पगेकी छिन्।

म्यानमारको राजकिय भ्रमणमा रहेकी राष्ट्रपती भण्डारी ट्राफिक व्यवस्थापन तथा सुरक्षालाई ध्यान दिँदै हेलिकप्टरबाट बिमानस्थल पुगेकी हुन ।

एक अर्ब ७० करोड रुपैयाँमा किनेको एडब्लु अगष्टा वेस्टल्याण्ड १३९ मोडलको उक्त हेलिकप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग गर्न हालै मात्र खरिद गरि नेपाल ल्याइएको थियो ।

राष्ट्रपतिले उक्त हेलिकप्टर खरिद पश्चात पहिलो उडान शितल निवासदेखि त्रिभुवन विमानस्थलसम्म भरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्