Logo

सांसद साह पक्राउको विरोधमा जनकपुरमा आगो बल्यो, स्थिति असामान्य बन्दै



जनकपुर, २९ असोज । सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित  राजपा नेपालका सांसद प्रमोद कुमार साह पक्राउको विरोधमा धनुषाको जनकपुरमा राजपा नेपालका नेता तथा कार्यकर्ताले सडकमै टायर बाल्देखि विरोध प्रदर्शनसहितको आन्दोलन सुरु गरेका छन् । आफ्नो पार्टीका सांसदलाई बिना शर्त रिहाई नगरे दुई नम्बर प्रदेश नै ठप्प पार्ने राजपा नेपालको चेतावनी छ ।

जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोडमा उत्रिएपछि सांसद साहलाई प्रहरीले हिजो (मंगलबार) अपरान्ह काठमाडौंस्थित् त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । साह पक्राउ पर्नेवित्तिकै राजपा नेपालका शीर्ष नेताहरुले सरकारले गलत कदम चालेको भन्दै यो हकर्त बन्द नगरे ठिक नहुने भन्दै कडा चेतावनी दिईसकेका छन् । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक भैसकेका सदस्य राजेन्द्र महतोले त ईँटको जवाफ पत्थरले दिने र यसबाट उत्पत्न्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा वर्तमान सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्