Logo

विहारतर्फ मदिरा प्रतिबन्धपछि नेपालबाट तस्करी



पर्सा,२९ असोज । भारतको विहारमा मदिरा प्रतिबन्धित छ । प्रतिबन्धित पछि मदिराको व्यापार गर्नेहरु नेपालबाट लुकीछिपी तस्करी गरिरहेका छन् । तस्करीकोे रुपमा भारततर्फ लैजादै गरेको अवैध मदिरासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम चाम्पारन नरकटियागञ्ज बस्ने भोला कुमार जैसवाल, पर्सा ठोरी गाउँपालिका वडा नम्ब.२ स्थित सिन्दर बस्ती बस्ने राजु साह रहेका छन् । उनीहरुलाई भारतीय स्कारपियोमा अवैध रुपमा प्याक मदिरा सहित २७ असोजमा पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय ठोरी पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ठोरी गाउँपालिका वडा नम्बर २ स्थित BR06TV4331 नम्बरको स्कारपियोमा टुबोर्ग वियर १२ बोतल, टाईगर वियर १२ बोतल, किङफिसर २४ बोतल, ब्यारन रक्सी ५४ बोतल, गोल्डेन ओक ३६ बोतल र, सिगनेचर ३६ बोतल ,रुसलान भोट्का ३६ बोतल लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्