Logo

हुण्डी कारोवारी पक्राउ



मोरङ, २९,असोज । हुण्डी कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका ३ बस्ने उमाकान्त राय रहेका छन् । उनलाई विराटनगर महानगरपालिका ४ कन्चनबारी चोकबाट २७ असोजकोे दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले रायलाई विभिन्न दरका नगद १० लाख रुपैयाँ तथा प्राइम बैंक र एनसीसी बैंकको चेकबुक एक एक थान सहित पक्राउ गरेको हो ।

रायलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्