Logo

चरेश सहित दुई युवक नियन्त्रणमा



काठमाडौं, २९ असोज । अवैध लागूऔषध चरेश सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १० थानकोट डेरा गरी बस्ने जाजरकोट घर भएका भुवन बुढामगर र नविन प्रकाश पुन रहेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका ३६ मित्रनगरबाट २८ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई साढे चार केजी चरेश सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
भक्तपुर, सुर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने शरण कृष्ण न्यौपानेलाई गाँजाको धुलो तीन केजी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्