Logo

विश्वकपको एशिया छनोटमा इरान स्तब्ध (क कस्ले जीते)



विश्वकप फुटबलको एशिया प्यासिफिकको दोस्रो चरणको छनोटमा केही आश्चर्यजनक परिणामहरु आएको छ । गएराति भएको खेलमा इरान बहराइनसँग पराजित भएको छ ।

बहराइनको घरेलु मैदानमा इरान १० ले स्तब्ध भयो । थाल्यान्डसँग युएई पराजित भयो । इन्डोनेशिया भियतनामसँग पराजित भयो ।

विश्वकपको सेमिफाइनल खेलिसकेको दक्षिण कोरिया उत्तर कोरियासँग बराबरीमा रोकियो । विश्वकप खेलिसकेको चीन फिलिपिन्ससँग र साउदी अरेबिया पेलिष्टाइनसँग गोलरहित बराबरीमा रोकिए ।

फिलिपिन्स ०-० चीन
सिरिया गुआम ४-०
चाइनिज ताइपेई १-७ अष्ट्रेलिया
जोर्डन ३-० नेपाल
बहराइन १-० इरान
कम्बोडिया ०-४ इराक
पेलिष्टाइन ०-० साउदी अरेयिबा
सिंगापुर १-३ उज्वेकस्तिान
भारत १-१ बँगलादेश
कतार २-१ ओमान
किर्गिजस्तान ०-३ जापान
मँगोलिया १-२ किर्गिज रिपब्लिक
थाइल्यान्ड २-१ युएई
इन्डोनेशिया १-३ भियतनाम
उत्तर कोरिया ०-० दक्षिण कोरिया
श्रीलंका ०-३ लेबनान
-एजेन्सी

Photo Source: FIFA



प्रतिक्रिया दिनुहोस्