Logo

नेकपाको चियापान, प्रचण्डको सम्बोधन : राष्ट्रिय एकता अझ सुदृढ गर्नुपर्छ



काठमाडौं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्नको लागि राजनीतिक दलहरुबीच सुदृढ सम्बन्ध र एकता हुनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । बुधबार नेकपाले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘हामीले नयाँ संकल्पको साथ अघि बढ्न्पर्ने छ । राष्टिय एकताको उचाईको साथ लोकतानित्रक गणतन्त्रलाई सुदृढ गर्दै विकास र समृद्धिको आकांक्षा पूरा गर्न जरुरी छ । अझ सुदृढ राष्टिय एकता आजको आवश्यकत्ता हो । हिजो हामीले सहमतिमा युद्धलाई शान्तिमा रुपान्तरण गर्यौं, जसले मिलेर संविधान बनायौं । जसको सहमतिबाट निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्वको वातावरण बनायौं । हाम्रो काँधमा अब यो देशलाई समृद्ध नेपाल बनाउने अभिभारा छ । हामी यसमा दत्तचित्त भएर लाग्नुपर्छ ।’

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढिसकेकोले परिवर्तनको विरुद्धमा कसैले पनि औंला उठाउन नसक्ने पनि प्रचण्डको भनाई छ । उनले भने,‘यो परिवर्तनको बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हुनु सामान्य हो, तर उपलब्धि र हामीले हाासिल गरेको यो परिवर्तनलाई कसैले चूनौति दिन सक्ने अवस्था छैन् । यो परिवर्तन, यो संविधान, विकास र समृद्धिको नारामा हामी एकमत छौं ।’

त्यस्तै, प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपालको राजकीय भ्रमण पूर्ण रुपमा सफल भएको पनि दाबी गरे । उनले भने,‘भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको रणनीतिअनुसार अघि बढ्नुपर्छ । मैले यो विषय भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा कुरा उठाएका थिएँ । अहिले त्रिदेशीय साझेदारी खासगरी आर्थिक विकासको रणनीतिको कुरा भारत र चीनले पनि उठाउन थालेका छन् । यसमा राजनीतिक रुपमा त्यो समझदारी बनेको छ । नयाँ परिस्थिति बन्न थालेको छ । नेपालीको काँधमा ठूलो जिम्मेवारी छ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्