Logo

सेतो घोडामा उत्तर कोरियाली नेता किमको दौड (तस्बिरसहित)



सेतो घोडा सेताम्मे पृष्ठभूमी । कालो बुट र ज्याकेट लगाएका किम जोङ उन घोडा चढेको दृश्य उत्तर कोरियाको सरकारी मिडियाले सार्वजनिक गरेको छ ।

सार्वजनिक स्थानहरुमा सायदै देखिने र मनोरञ्जनात्मक कार्यक्रमबारे सायदै खबर बाहिर आउने किमको यसपटकको तस्बिर रोचक रहेको छ । चीसो क्षेत्र बढी रहेको उत्तर कोरियाको यो कुन क्षेत्र हो यकिन गरिएको छैन । तर, घोडा विशेष किसिमको देखिन्छ । घोडालाई लगाइदिइएको डोरी विशेष प्रकारको देखिन्छ ।

तस्बिरहरुमध्ये किम घोडा दौडाइरहेका र घोडा चढेर सामान्य गतिमा बढिरहेको देखिन्छन् । एउटा दृश्य पहाडको बीचको बाटो देखिन्छ । एउटामा उनी घोडा चढेर मुस्कुराइरहेका देखिन्छन् ।
संसारमा अति सुरक्षा दिइने नेतामध्येका किमको व्यक्तिगत जीवनबारे कमैमात्र खबर बाहिर आउने गरेको छ ।

एजेन्सी

तस्बिर स्रोतः एएफपी



प्रतिक्रिया दिनुहोस्