Logo

पारश खड्काले भेटे एसिड पीडित मुस्कानलाई, अपराधीमाथि कडा कारबाहीको माग



दोषीमाथि कडा कारबाहीको माग

काठमाडौं, २९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको भोलिपल्ट अर्थात आज (बुधबार) पारश खड्का काठमाडौंको किर्तीपुरमा उपचार गराईरहेकी एसिड पीडित बालिका मुस्कान खातुनलाई भेट्न पुगेका छन् । राष्ट्रिय टिमका भरपर्दा खेलाडी सोमपाल कामीसहित अस्पताल पुगेका पारशले मुस्कानसँगको फोटो सेयर गर्दै आफ्नो टिव्वरमा लेखेका छन्,‘मुस्कान तिमी सबैको मुस्कान हौं । तिमी हामी सबैको प्रेरणाको स्रोत हौं ।’

खड्काले मुस्कानलाई भगवानले जीवनभरि हाँस्ने शक्ति र साहस प्रदान गरुन् भनी कामना समेत गरेका छन् । एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने पारशको माग छ । एसिड आक्रमण जघन्य अपराध भएको भन्दै उनले सरकार गम्भिर भएर दोषीमाथि कानूनी कारबाही गर्नुपर्ने माग गरेका हुन् । उनले भनेका छन्,‘हामी सबैको मुस्कानको साथमा छौं ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot