Logo

एनआरएनएवारे नकारात्मक बिम्ब बन्दै जानु अत्यन्त दुःखद् : बाबुराम भट्टराई



काठमाडौं, २९ असोज । सत्तारढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबारे गम्भिर प्रश्न गरेका छन् । उनले भनेका छन्, “विश्वका विकसित देश पुगेर पछिल्लो उन्नत ज्ञान, विज्ञान, संस्कृति र संस्कार, पुँजी र प्रविधि भित्र्याउने र देशको प्रगतिशील रूपान्तरण र समृद्धिमा सघाउने अपेक्षा गरिएका NRN वारे यस्तो नकारात्मक बिम्ब बन्दै जानु अत्यन्त दुःखद् कुरा हो! यो त बर्मा गए पनि कर्म संगै भनेजस्तो भो! यो त बर्मा गए पनि कर्म संगै भनेजस्तो भो!NRNअगुवाको ध्यान पुगोस्!”

रवि मिश्रको ट्विट रिट्विट गर्दै बाबुरामले यस्तो लेखेका हुन् । रवि मिश्रले लेखेका थिए,‘कथित ए–नारान संस्थासँग देशमा लगानी गर्ने न कुनै पुँजी छ, न कुनै सोच, भिजन, बुद्धि नै छ । यीनका फाँइफुट्टा गफलाई पत्याएर सरकारले किन हरेक सम्मेलनमा रात्रीभोज जस्तो फजुल काममा समेत खर्च गरिरहेछ ? पैले सम्मेलन गर्ने हैसियत बनाउ अनि गफ देउ भन्न नमिल्ने हो ?



प्रतिक्रिया दिनुहोस्