Logo

पारस मस्तीतिर छोरीहरु परोपकारतिर



काठमाडौं, २९ असोज । पूर्व युवराज पारसको मस्तीका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटी नटी भनेजस्तै उनी ५० पुन लाग्दा विवादमा मुछिएका छन् । विवादास्पद महिलाहरुसँग जोडिएर विवादमा परेका छन् ।

तर, उनका छोरीहरु परोपकारमा उत्तिकै सक्रिय छन् । हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा छोरीहरु परोपकारमा लागेको तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।

पूर्व राजकुमारी किर्तिकाको जन्मदिनमा दिदी पूर्णिकासँग अनाथ बालबालिका भएको ठाउँमा पुगे । जन्मदिन अनाथसँगै बिताए । किर्तिकाले अनाथ बालिका बोकिन् पनि ।

किर्तिकालाई जन्मदिनको शुभकामना दिदै दिदी पूर्णिकाले लेखेकी छिन्, ‘परोपकारलाई आफ्नो कर्म मान्ने, लोभलाई आफ्नो शत्रु ठान्ने शील स्वभावलाई आफ्नो आभूषण बनाउने र सन्तोषलाई नै आफ्नो परम सुख मान्ने हाम्री प्रीय बहिनीको शुभ जन्मोत्सवको उपलक्ष्यमा जन्मदिनको शुभकामना ।’

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्